समाचार

कोरोना सङ्क्रमितको हेलिकप्टरमार्फत उद्दार

Heli Uddar

२४ कात्तिक, गलकोट । धौलागिरि अस्पताल बागलुङमा उपचाररत  एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान  काठमाडौं लगिएको छ ।

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना हुनुभएको बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए ।

उनलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाडौं हयाम्स अस्प्तालमा लगिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस