समाचार

रौतहटमा लागूऔषध अफिमसहित २ जना पक्राउ

afif sahit pakrau

२५ कात्तिक, रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ७ भवराटोल बस्ने २३ वर्षीय सोम बहादुर लामा तथा सर्लाही जिल्ला बागमती नगरपालिका १२ बागमती बस्ने ३० वर्षीय दिल बहादुर थिङ्ग रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रमुख प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीको कमाण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको चन्द्रपुर ४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसर देखि जंगलसहिया जानेबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट १ किलो ८ सय ग्राम अफिम फेला परेको प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिए ।

सर्लाही जिल्लाको बागमतीबाट पश्चिमतर्फ गइरहेको ना १६ प ७८२५ नम्बरको डिस्कभर मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटर साईकलमा पछाडी सवार रहेका थिङ्गले मोटर साईकलको बिच भागमा पोलिथिन झोलामा अफिम लुकाइ राखेको अवस्थामा फेला परेको शाहीले बताए ।

लागूऔषधसहित पक्राउ परेका दुबैजना नियन्त्रणमा रहेको र  थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस