बलिउड / हलिउड

हास्यकलाकार राजीव निगमको छोराको निधन, पिताको जन्मदिनमा छोडे दुनियाँ

rajiv son

२५ कात्तिक, काठमाडौं । भारतका चर्चित स्ट्याण्डअप कमेडियन तथा अभिनेता राजिव निगमको ९ वर्षका छोरा देवराजको निधन भएको छ । यसको जानकारी राजिवले आफ्नो सोसल मिडियामा दिएका छन् ।

राजिव निगमले छोराको निधनको जानकारी दिँदै देवराजसँगको फोटो फेसबुकमा सेयर गरेका छन् । यससँगै उनले क्याप्सनमा लेखेका छन्, ‘जन्मदिनमा यो कस्तो सरप्राइज पाएँ । मेरो छोरा देवराज मलाई छोडेर गए । जन्मदिनको केक नकाटिकनै । पागल, यस्तो उपहार कसैले दिन्छ ?’

राजिव निगमका छोरा देवराज सन् २०१८ मा असाध्यै बिरामी भएका थिए । त्यतिबेला देखि उनी धेरैजसो बिरामी भइरहन्थे । सन् २०१८ मा उनी केही दिन आइसीयूमा बसेका थिए । त्यतिबेला पनि उनले सोसल मिडियामा मानिसहरुलाई छोराको स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिन सबैलाई आग्रह गरेका थिए । लगभग तीन महिना अघि (अगस्ट ७) राजिवका पिताको पनि निधन भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस