समाचार

झापामा तीन लाख २० हजार मूल्य बराबरको पटका बरामद

pataka

२५ कात्तिक, झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित सीमा क्षेत्रबाट अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको पटका बरामद गरिएको छ । मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।

भारतीय बजारबाट पटका खरिद गरि सीमा क्षेत्रमा लुकाई छिपाई राखिएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले सो मरिमाणको पटकाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

बरामद पटकाहरु आवश्यक अनुसन्धान तथा कानुनी कारबहाीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी थापाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस