
२५ कात्तिक, पाल्पा । जिल्लाको बर्तुङ–रिडी सडकमा आजदेखि दैनिक १३ घण्टा सवारी आवागमन बन्द गरिएको छ । सडकको हार्थोक–मालमुल–जोर्ते खण्डको मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको सडक कार्यालय पाल्पाले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले आज (मंगलबार)देखि कार्तिक २७ गते बिहीबारसम्म र मंसिर २ देखि १३ गतेसम्म दैनिक १३ घण्टा सवारी आवागमन बन्द रहने सूचना जारी गरेको छ । सडक बन्द भएपछि तानसेनबाट गुल्मी जाने र गुल्मीबाट तानसेन–बुटवल आउने सवारी साधनहरु प्रभावित हुनेछन् ।
कार्यालयका अनुसार सवारी आवागमन प्रत्येक दिन बिहान ३ बजेदेखि ६ बजेसम्म, बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ४ बजेसम्म, साँझ ७ बजेदेखि ८ बजेसम्म, साँझ ९ बजेदेखि १२ बजेसम्म बन्द रहने छ ।
यी समयबाहेक अन्य समयमा भने सवारी आवागमन यथावत संचालन हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस