समाचार

‘सुसाईड नोट’ लेखेर भक्तपुरबाट डाक्टर बेपत्ता

digambar jha

२५ कात्तिक, काठमाडौं । भक्तपुरको द डेन्टल सिटीका निर्देशक डा. दिगम्बर झा ‘सुसाइट नोट’ लेखेर बेपत्ता भएका छन् । मंगलबार बिहान ५ बजे उनले परिवारलाई फोन गरेको र त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइट नोट’ हालेर बेपत्ता भएको भक्तपुरकी प्रहरी प्रमुख एसपी तारादेवी थापाले बताइन् ।

उनका सहकर्मीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा खोजी गरिदिन निवेदन दिएको एसपी थापाले बताइन् । उनको बुबा–आमा र दिदी–बहिनीसँग सम्बन्ध राम्रो नरहेको बुझिएको प्रहरीले जनाएको छ। सुसाइट नोटमा समेत उनीहरुकै कारण आत्महत्या गर्न गइरहेको उल्लेख भएको प्रहरीले जनाएको छ ।

उनीबा १६ च ८६७९ नम्बरको कारसहित बेपत्ता भएका हुन् । प्रहरी श्रोतका अनुसार काभ्रेको पनौती पुगेपछि उनले फेसबुकामा सुसाइट नोट पोस्ट गरेको र त्यसपछि उनको मोवाइल अफ भएको देखिएको छ । उनको खोजीका लागि परिवार, आफन्त पनि काभ्रे पुगेका छन् भने प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस