
२५ कात्तिक, काठमाडौं । लोकप्रिय हास्य श्रृङ्खला ‘सक्किगोनी’ प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको श्रृंखला अब भने हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको हो ।
कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला पुन: संचालनमा आउन लागेको कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन् । आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने उनले बताए ।
हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने ‘सक्किगोनी’ श्रृङखलालाई जेपिटी क्रियसनले निर्माण गर्ने भएको हो । कार्यक्रमको बजारीकरण भने एपप्याड प्रालिलाई अनुबन्ध गरेको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।
कट्टेलले सक्किगोनीलाई थप उचाइमा पुर्याउन हिमालय टिभीसँग सहकार्य गरेको बताए ।
प्रतिक्रिया दिनुहोस