२५ कात्तिक, काठमाडौं । भक्तपुरबाट बेपत्ता भएका अर्थोडोन्टिस्ट डा. दिगम्बर झा भेटिएका छन् ।
मङ्गलबार बिहान डा. झा सुसाईड नोट लेखेर बेपत्ता भएका थिए । काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५५ किलोमा डाक्टरलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् । गाडी लुकाएर घोत्लिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई फेला पारेको हो । बिहान ५ बजेतिर बा.१६ च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । प्रहरीले उनी चढेको कार पनि फेला पारेको छ ।
प्रतिक्रिया दिनुहोस