समाचार

गरगहना लुट्ने व्यक्ति बाह्र वर्षका लागि जेल चलान

gold snaching

२५ कात्तिक, नुवाकोट । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् ।

तामाङले २०७३ साल भदौ २७ गते साँझ नुवाकोटको लिखु गाउँपालिका–३ सूर्यमतीका निर्मला राईको नगद रु एक लाख र उनले लगाएको करिब रु पाँच लाख मूल्य बराबरको गरगहना चोरी गरेको अभियोगमा जिल्ला अदालत नुवाकोटले दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतले २०७३ साल फागुन ३ गते सुनाएको फैसलाअनुसार तामाङलाई ‘रहजनी चोरी’ मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष दुई महिना जेल र रु एक लाख २२ हजार १६० जरिवाना तोकिएको थियो । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका उनलाई विशेष सुराकीको आधारमा नुवाकोट प्रहरीले काठमाडौंबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागि सोमबार नुवाकोट जिल्ला अदालतमा बुझाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस