समाचार

भारतीय विदेश सचिव नेपाल आउँदै

harsabardhan

२५ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन सिङगला मंसिर दोस्रो साता नेपाल आउने भएका छन् ।

उनी यही नोभेम्बरको अन्त्य अर्थात मंसीरको दोश्रो साता काठमाडौं आइपुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। विशेषगरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बताइएको छ ।

उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत उच्च अधिकारीहरुसँग भेटभाट गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिंङला नेपाल आउन लागेका हुन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस