
२५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा थप १४ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ११ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, मंगलबार नेपालमा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने अहिलेसम्म १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस