विश्व/प्रवास

पेरुका राष्ट्रपति विजकाराविरुद्धको महाभियोग प्रस्ताव पारित

bhijkara

२५ कात्तिक, काठमाडौं । पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ ।

करिब आठ घण्टा चलेको महाभियोगको सुनुवाईपछि राष्ट्रपतिलाई हटाउने प्रस्तावमा १०५ र विपक्षमा १९ मत परेको हो । महाभियोग प्रस्ताव पास हुनका लागि संसदका ८७ सदस्यले उनको विपक्षमा मतदान गरेपुग्नेमा योभन्दा निकै धेरै १०५ मत परेको हो ।

त्यसैगरी संसदले गणतान्त्रिक पेरुको राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएपछि उक्त स्थान खाली भएको जानकारी गराएको छ । यसैबीच भिजकाराले राष्ट्रपतिको कार्यालय छोड्नुपूर्व शिर ठाडो गर्दै आफ्ना समर्थकबीच उभिएका थिए । आफूले संसदको निर्णयलाई चुनौती दिन कानुनी बाटो नखोज्ने घोषणा गरे । उनका समर्थकहरूले राजधानी लिमा र अन्य मुख्य शहरमा उनको पक्षमा नाराबाजी गरेका थिए ।

उनले भने,“ मैले सरकारबाट दुई वर्ष आठ महिनापछि छोड्दैछु ।” यसपछि आफू तत्काल आफ्नो निजी निवासमा जाने उनले बताए । “गणतन्त्रको राष्ट्रपति पद रिक्त रहेको घोषणा गर्ने प्रस्तावलाई अनुमोदन गरिसकेको छ,” संसद सदस्य मानुयल मेरिनोले बताए ।

“म स्पष्ट विवेकको साथ छोड्दै छु र मेरो कर्तव्य पूरा गरिसकें,” भिजकाराले भने । आफ्नो ३२ महिनाको कार्यकालमा आफूले निकै लोकप्रियता पाएको उनको दावी थियो । पेरूमा सन् २०२१ को अप्रिलमा आम निर्वाचनका साथै राष्ट्रपतीय निर्वाचन हुने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *