समाचार

रसुवामा कोभिड संक्रमण घट्दै

covid19 nepal

२५ कात्तिक, रसुवा । पछिल्लो चरणमा  जिल्लामा कोभिड–१९ को संक्रमण घट्दै गएको छ । हालसम्म संक्रमित कुल ११४ मध्ये  ९२ जना निको भई घर फर्किसकेका छन् । रोगबाट सुरक्षित रहन समयसमयमा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले  जानकारी दिए ।

हालसम्म एक हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको  बताइएको छ । साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजीकको स्वास्थ्य  संस्था वा स्वास्थ्यकर्मीसंँग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको अधिकृत श्रेष्ठले बताए ।

यसैबीच प्राडा गोविन्द केसीले  रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेका छन् । रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्राडा केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहेका छन् । प्रा डा.केसीले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा परामर्श दिइसकेका छन् । स्थानीय नागरिकको सेवाका लागि  हालसम्म छ पटक रसुवा पुगेका डा केसी यही कात्तिक २६ सम्म जिल्लामा रहनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *