मनोरञ्जन ताजा समाचार

गीतकार पुनम मोथेको ‘पहिलो माया’ सार्वजनिक (भिडियो)

keki

२५ कात्तिक, काठमाडौं । अभिनेत्री केकी अधिकारी, सुधिर श्रेष्ठ र प्रियाना आचार्य अभिनित गीतकार पुनम मोथेको ‘पहिलो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेम कथामा आधारित गीतमा शंकर थापा ‘स्माइल’को संगीत, लोकप्रिय गायिका रचना रिमालको स्वर र उदयराज पौडेलको एरेन्ज रहेको छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन रहेको छ ।

कोरोना कहर बीच पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागेकी गीतकार मोथेको यसअघिका ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ पनि रुचाइएका गीतहरु हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस