समाचार

लमजुङमा साँढे ११ लाखसहित १४ जुवाडे पक्राउ

Juwa

२५ कात्तिक, लमजुङ । लमजुङमा जुवाको खालबाट साढे ११ लाख रुपैयाँ नगद सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– १ सरेदीमा रहेको एक कृषि फर्मबाट ती जुवाडे र नगद ११ लाख ४७ हजार ८४२ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने जुवाडेहरू लमजुङका अतिरिक्त तनहूँ, कास्की र गोरखा जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू लमजुङको सुन्दरबजार– ४ बस्ने ३९ वर्षीय देवदोङ, सोही नगरपालिका– ९ बस्ने ५० वर्षीय रामबहादुर गुरुङ, सोही नगरपालिका– ७ को ५० वर्षीय कृष्णबहादुर अधिकारी, ३० वर्षीय गोरबहादुर गुरुङ र ६० वर्षीय कुलबहादुर गुरुङ छन् ।

यसैगरी, अन्य पक्राउ पर्नेमा सोही वडाको ४५ वर्षीय रामचन्द्र घर्ती । ३५ वर्षीय योगेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार पक्राउ पर्ने अन्यमा लमजुङको मध्यनेपाल– ३ बस्ने ३१ वर्षीय सन्देश थापा छन् । उनले भने, ‘जुवाको खालबाट पक्राउ पर्ने अन्यमा तनहूँ जिल्लाको आबुखैरेनी गाउँपालिका– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, तनहुँकै भानु नगरपालिका– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा र तनहुँकै ब्यास नगरपालिका– ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारी तथा गोरखा जिल्लाको गोरखा नगरपालिका– ११ बस्ने ४० वर्षकाद्वय नरेन्द्र तामाङ र आकाश तामाङ रहेका छन् ।’ त्यस्तै, कास्की जिल्लाको रुपा गाउँपालिका– ७ बस्ने रामबावु भट्टराई रहेको उनले बताए ।

मध्यनेपाल नगरपालिका– १ सरेदीमा सुदिप थापाले सञ्चालन गरेको कृषि फर्ममा हारजितको बाजी राखि जुवा तास खेलाएको छ भन्ने बिशेष सूचना(सुराकी)को आधारमा यस कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ओमप्रकाश पुनले बताए ।

पुनका अनुसार उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई जुवा सम्बन्धि कसुर अन्तरगत अनुसन्धान कार्य शुरु गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस