
२५ कात्तिक, काठमाडौं । अभिनेत्री, सामाजिक कार्यकर्ता तथा उद्यमी श्वेता खड्काले अल्टिमोडिल अनलाइन शपिङ प्रा.लि.मा लगानी गरेकी छन् । २०१७ देखि सुरू भएको कम्पनी नेपालमा एक विश्वस्त इकमर्स व्यवसायका रूपमा देखा पर्दैछ । कम्पनीमा खड्काको इन्ट्री भएसँगै उनी बोर्ड अध्यक्षमा समेत चयन भएकी छन् ।
नेपालको खुद्रा उद्योगलाई डिजिटलकरण गर्ने लक्ष्य पूरा गर्न महत्वपूर्ण लगानी गरेको उनको भनाइ छ । अल्टिमोडिल युवा उद्यमीले कलेजपछि राम्रो ईकमर्स सेवा प्रदान गर्न र अवस्थित अनलाइन खुद्रा बिक्रेताहरूले छोडेको अन्तर पूरा गर्ने लक्ष्यको साथ शुरू गरेका थिए। उनीहरूले एउटा सानो कोठा र केही हजार रूपैयाँबाट काम सुरु गरेका थिए ।
कम्पनीको प्राथमिक लक्ष्य ‘Traditional wears’ निर्माताबाट सस्तो मूल्यको साथ राम्रो गुणस्तरको पहिरन प्रदान गर्नु थियो । पछि हामीले ग्राहकहरूलाई राम्रो शपिङको अनुभव प्रदान गर्न अन्य क्याटोगोरीमा विविधता ल्यायौँ,’ अल्टिमोडल अनलाइन शपिङ प्रा.लि.का सीईओ मनीष घिमिरेले बताए ।
प्रविधिको प्रयोगमार्फत घरमै बसीबसी भौतिक पसलहरूमा जस्तै मूल्यमा गुणस्तरीय उत्पादन कम्पनीले प्रदान गर्ने पनि उनले बताए ।