सूचना प्रविधि

सुबिसु एमएएनआरएसमा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी

subisu

२५ कात्तिक, काठमाडौं । सुबिसु एमएएनआरएस (म्यानुअल्ली एग्रिड नर्म्स फर राउटिङ सेक्युरिटी)मा हस्ताक्षर गर्नेमा नेपालको पहिलो आईएसपी भएको छ ।

एमएएनआरएस भनेको राउटिङ सिक्युरिटी सम्बन्धी परामर्श दिनको लागि इन्टरनेट सोसाइटी ले सुरु गरेको ग्लोबल पहल हो । यसले इन्टरनेट राउटिङमा हुने मस्याको दीर्घकालीन समाधान तथा राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सुरक्षा कानुनमा यसलार्य हरेक आईएसपी, एनएसपी, टेलिकोसले अनिवार्य कार्यान्वयन गर्नुपर्ने प्रावधान छ। यसैमा सुबिसुले हस्ताक्षर गरेको हो । इन्टरनेटजगत्मा हरेक दिन साइबर सुरक्षासम्बन्धी थुप्रै खालका घटना घटिरहेको हुन्छन् । विश्वभर नै राउट चोर्न, चुहावट गर्ने र आईपी ठेगाना स्पुफिङ गर्ने लगायतका समस्या आउने गरेका छन् ।

सोही कारण डीडोस अट्याक, ट्राफिक अनुगमन, राजस्व गुमाउने र रेप्युटेसनल ड्यामेजजस्ता समस्या आउने गर्छ । एउटा आईएसपीको राउटिङ समस्याले विश्वकै इन्टरनेटमा समस्या आउने भएकाले त्यसको निराकरणको लागि मान्र्सको ग्लोबल इनिसिएटिभमा हस्ताक्षर गरिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस