समाचार

देशभर चिसो बढ्यो: उपत्यकाको तापक्रम ८ डिग्रीमा झर्‍यो, जुम्लामा माइनस

cloudy weather

२६ कात्तिक, काठमाडौं । देशभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ । आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको दिउँसोको तापक्रम २४ देखि २६ डिग्रीसम्म पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ डिग्री सेल्सियसमा झरेको थियो । सामान्यतया राति आकाश खुला हुँदा बिहान तापक्रम घट्ने गर्छ । अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नहुँदा देशभरको मौसम सामान्यतया सफा हुँदा विस्तारै चिसो बढ्दै गएको महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार जुम्लामा तापक्रम माइनसमा झरेको केही दिन भइसकेको छ । मंगलबार जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियस देखिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस