समाचार

बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट र गाली गलौज गर्ने ३ जना पक्राउ

boksi aaropi pakrau

२६ कात्तिक, दाङ । प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज र कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

बोक्सीको आरोप लगाउने र महिलामाथि कुटपिट गर्ने  दुई फरक घटनामा संलग्न तीन आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

कात्तिक १५ गते राति मदिरा सेवन गरेर तुलसीपुर उपमहानरपालिका वडा नं. ५ निवासी ३० वर्षीया एक महिलालाई संगीत नगर टोलका देबहादुर परियारले बोक्सी भन्दै गालीगलौज र हातपात गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ ।

पीडित महिलाले दिएको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको डीएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

त्यस्तै, कार्तिक २१ गते घोराही उपमहानगरपालिका १६ का दुई जना महिलालाई बोक्सी लागेको भन्दै धामी झाक्रीको भेषमा काम्दै घरसम्म पुगि गालीगलौज गर्ने सोही वडाकी ४५ वर्षीय नौमती महरा र २८ वर्षीया दिपा बाँठालाई प्रहरीले पक्राउ गरेको छ ।

दुबै घटनामा पक्राउ परेकाहरू माथि मुलुकी अपराध सहिंताको २०७४ को धारा १६८ को १ मा भएको ब्यबस्था अनुशार त्यस्ता ब्यक्तिलाई ५ बर्ष सम्म कैद र ५० हजार रुपैँया सम्म जरीवाना हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस