समाचार

चेपाङ विद्यार्थीका लागि भान्छाघर निर्माण

chepang

२६ कात्तिक, चितवन । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ ।

मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीहरुका लागि खाजा पकाउन प्रयोग गर्न निर्माण गरिएको भान्छाघर विद्यालयलाई हस्तान्तरण गरे ।

कार्यक्रममा  इच्छाकामना–६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले हेल्पकोड नेपालले विगत छ वर्षदेखि नै विद्यालयमा विभिन्न सहयोग गर्दै आएको भन्दै हेल्पकोड नेपालका विभिन्न सहयोगले विद्यार्थीलाई विद्यालयसम्म नियमित आउन पे्ररित गरेको बताए । प्रधानाध्यापक पाण्डेले अब विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा हेल्पकोड नेपालमार्फत विद्यार्थीहरुलाई मास्क, सेनिटाइजर, साबुनलगायत सरसफाइका सामग्री  वितरण गरिएको थियो । कक्षा  ५ सम्म  पढाइने हुने यस विद्यालयमा १३४ चेपाङ बालबालिका अध्ययनरत छन् । विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीहरु नियमित आउने गरेको प्रधानाध्यापक पाण्डेले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस