
२६ कात्तिक, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिले २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन तयार पारेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । उक्त चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरणपछि २ अर्ब २५ करोड रुपैयाँ हुनेछ । शेयरधनीहरुले ११ करोड ९० लाख रुपैयाँ नगद लाभांस प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस