विश्व/प्रवास

ट्रम्पले हार नस्वीकार्नु लस्जास्पद : बाइडेन

joe biden

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनाव जितेका जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पद भएको बताएका छन् । ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको उनले बताए ।

गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका राष्ट्रपतिमा निर्वाचित बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताए ।

जनवरी २० को शपथको दिनसम्म ट्रम्पले पराजय स्वीकार्नेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे । तर ट्रम्पले ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन् ।

राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गरेपछि औपचारिकता पाउनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस