
२६ कात्तिक, काठमाडौं । नेकपाका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्ववरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज (बुधबार) एक विज्ञप्ति प्रकाशित गरी मरहठ्ठाको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
‘विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी कमरेड मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेल्नुभएको भूमिका प्रशंसनीय छ । दिवगत कमरेड मरहठ्ठाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रचण्डले भनेका छन् ।
उनको बुधबार बिहान स्टार अस्पताल, ललितपुरमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस