विश्व/प्रवास

संसारमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खालिफाको निधन

khalifa

२६ कात्तिक, काठमाडौं । बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ । बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको ट्विटरमार्फत् जानकारी दिएको छ ।

८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो । उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ । कोरोनाभाइरसका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइने बताइएको छ ।

बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन् । भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ । राजपरिवारमा जन्मिएका खालिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी लगातार प्रधानमन्त्री रहे ।

संसारभर यतिलामो समय प्रधानमन्त्री हुने उनी नै पहिलो व्यक्ति हुन् । उनीभन्दा पछाडि कम्बोडियाका प्रधानमन्त्री हुन सेन छन् । हुन सेन १९८५ देखि कम्बोडियाका प्रधानमन्त्री छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस