विश्व/प्रवास

प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

sayeb

२६ कात्तिक, रमाल्लाह । कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएका प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ । इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो ।

फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ । इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (आइएलओ) को कार्यकारी समितिका महासचिव समेत रहेका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो । उनलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । इरेकातको  तीन वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो ।

इरेकातले प्यालेस्टिनी नेता स्वर्गीय यासेर अराफात र राष्ट्रपति मोहमुद अब्बासका लागि मुख्य मध्यस्थकर्ताका रुपमा कार्य गर्नु भएको थियो । इजरायलबाट प्यालेस्टाइनलाई अलग बनाउने सन्दर्भमा भएका आन्दोलन र शान्ति वार्तामा इरेकातले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । इरेकातको सम्झनामा अब्बासले तीन दिने राष्ट्रिय शोकको घोषणा पनि गरेका थिए । –एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस