मनोरञ्जन ताजा समाचार

गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ सार्वजनिक (भिडियो)

dobatoma chautari

२६ कात्तिक, काठमाडौं । गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको ‘दोबाटोमा चौतारी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा सुष्मा देवकोटाको शब्द रहेको छ भने सुवाश भुसालले संगीत भरेका छन् ।

‘फील’ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा एरेन्ज उदयराज पौडेल र मिक्सिङ अशोक महर्जनको छ । पछिल्लो समयका व्यस्त मोडल सुधिर श्रेष्ठ, श्रृस्टी खड्का गायक स्वयंम अभिनित उक्त गीतको भिडियो उत्कृष्ट बनेको छ ।

भिडियोलाई निशा कश्यपले निर्देशन गरेकी हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ । गीतको भिडियो गायकको आफ्नै युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस