
२६ कात्तिक, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रिमतको संख्या दुई लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ भने अहिलेसम्म १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस