समाचार

काठमाडौं उपत्यकामा थपिए १२ सय ६१ जना कोरोना संक्रमित

kathmandu valley

२६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा थप १२ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१  र ललितपुरमा २०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, बुधबार नेपालमा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ भने अहिलेसम्म १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस