बैँक / वित्त

सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि आर्थिक सहयोग

SBLdonation

२६ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७७ कार्तिक २६ गते बुधबार काठमाडौंको सुविधानगर स्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु। पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका हुन् । उक्त रकम सामुदायिक विकास समितिले सुविधानगर स्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा  पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरी प्रभावकारी व्यवस्थापन गर्नका लागि उपयोग गर्नेछ ।

स्थापना कालदेखि नै सुविधानगर क्षेत्र भित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य रहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस