
२६ कात्तिक, स्याङ्जा । स्याङ्जामा एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका ९ ठाडोलाईन बस्ने २१ वर्षीय जितन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट ११ एम्पुल फेनारगन, ९ एम्पुल नोफिम, १० एम्पुल डाइजेपाम र ३ थान सिरिन्ज प्रहरीले बरामद गरेको छ ।
कुँवरले आफ्नै मोटरसाइकल ग्यारेजमा बिग्रिएर राखेको ग४प ८१७९ नम्बरको मोटरसाइकलको सिट मुनि लागुऔषध लुकाइ राखेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागुऔषध फेला पारेको हो ।
प्रतिक्रिया दिनुहोस