समाचार

प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ सङ्क्रमित थपिए

covid 19

२६ कात्तिक, काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

उक्त अवधिमा गरिएको एक  हजार १२८ जनाको पिसीआर परीक्षणमा १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेहरुमा मोरङमा १४८ मध्ये विराटनगरमा ८०, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, सङ्खुवासभामा सात, ताप्लेजुङ र इलाममा चार÷चार, भोजपुरमा तीन, सोलुखुम्वु, खोटाङ र धनकुटामा एक÷एक र प्रदेश बाहिरका १४ जना छन् ।

यस प्रदेशमा आज ४४१ जना सङ्क्रमित निको भै घर फर्केका छन् । उनीहरुको सङख्या अहिलेसम्म १५ हजार ७५६ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७४ हजार ८०२ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस