समाचार

ललितपुरमा यसवर्षको तिहारमा देउसीभैलो खेल्न प्रतिबन्ध

deusi bhailo 1

११ कात्तिक, काठमाडौं । ललितपुर जिल्ला प्रशासनले यस वर्षको तिहारमा दैउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले देउसीभैलो नखेल्न, भोजभत्तेर नगर्न र आफू बसेकै ठाउँबाट चाडपर्व मनाउन जिल्लावासीमा अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

दीपावली तथा छठ पर्वको अवसरमा कुनै पनि आतिसबाजी, पटका, भुँइचम्पा लगायतका विस्फोटक पदार्थ खरिद, बिक्री वितरण, ओसारपसार एवं प्रयोग नगर्न प्रशासनले सूचना जारी गरेर सचेत समेत गराएको छ ।

प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भए/गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ ।

lalitpur notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस