समाचार

चिस्यान केन्द्रका लागि सघाउने मन्त्री भट्टराईको प्रतिबद्धता

Yogesh Bhattarai

२६ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कृषि उत्पादन भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित कार्यक्रमलाई बोल्दै मन्त्री भट्टराईले सडक सञ्जालले गाउपालिका जोडिएकोले कृषि उत्पादन बढाउँदै कृषि भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता गरे ।

उनले ताप्लेजुङमा अलैँची उत्पादन बढी हुने भएकाले अलैँची प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्ने पनि बताए । कृषि क्षेत्रमा लाग्न युवाहरु लाग्न आग्रह गर्दै मन्त्री भट्टराईले विदेशमा गएर १८ घण्टा काम गर्नुभन्दा आफनै गाँउघरमा आठ घण्टा काम गर्न सुझाव दिए ।

आठराईको इवादेखि  ढुंगेसाघुससम्मको सडकको शिलान्यास भइसकेको र यस सडकले मदन भण्डारी राजमार्ग र तमोर करिडोरमा समेत जोडिने भएकाले अब विकासका पूर्वाधारमा जिल्ला पछि नपर्ने पनि उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस