समाचार

उपत्यका मेयर फोरमको सीसीएमसीलाई प्रस्तावः तिहार र छठपछि कडा निषेधाज्ञा जारी गरौं

ccmc meyer

२६ कात्तिक, काठमाडौं । उपत्यका मेयर फोरमले काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा गर्न र सो निषेधाज्ञा यसअघिको भन्दा कडा बनाउन आग्रह गरेको छ । आज सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् ।

काठमाडौं उपत्यकामा बढ्दो संक्रमण र नियन्त्रणका लागि संघ र स्थानीय तहबीच समन्वयन अभावम समस्या उत्पन्न भएको भन्दै मेयर फोरमले कडा निषेधाज्ञा गर्न सुझाव दिएको हो । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले संक्रमणको अवस्था भयावह हुँदै गएकाले कडा खालको आवश्यकता रहेको बताए ।

आज सीसीएमसीका पदाधिकारीहरुसँग बैठकमा श्रेष्ठले तिहार र छठपछि लक डाउनको निर्णय गर्न आग्रह गरिएको बताए । उपत्यकामा बढिरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए ।

सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उनले बताए । महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वन हुन नसक्दा समस्या झन बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनको भनाई छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस