समाचार

पूर्वराज्यमन्त्री गौचनको निधन

gauchan

२६ कात्तिक, काठमाडौं । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । पचासी वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए ।

विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मनुभएका उनी विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए । गौचन विसं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । विसं २०४८ को चुनावमा गौचन नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए ।

राजनीतिसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय गौचन लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत थिए । विसं २००३ मा बागलुङमा स्थापित विद्यामन्दिर पुस्तकालयको उनी प्रधान संरक्षक थिए । जिल्लाको शैक्षिक र सामाजिक सुधारमा गौचनको अमूल्य योगदान रहेको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले बताए । दिवङ्गत गौचनका एक छोरा र चार छोरी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस