समाचार

समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गरिने

kuber nepali

२६ कात्तिक, काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंले समयमा काम नसक्ने रुग्ण ठेक्काका अवस्था बुझेर ठेकेदारलाई कारबाहीको प्रक्रिया शुरु गरेको छ । डिभिजनअन्तर्गत विभिन्न कारणले समयमा सम्पन्न नभएका ३२ ठेक्का रहेका छन् ।

ती ठेक्कामा संलग्न निर्माण कम्पनीसँग सम्पर्क गरेर ढिलाइको बारेमा बुझ्न थालिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए ।

उनका अनुसार तीमध्ये धेरै व्यवसायी सम्पर्कमा समेत आइरहेका छन् । सम्पर्कमा नआएका कम्पनीसँग सम्पर्कको प्रयास गरिएको उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्णय गरेर रुग्ण ठेक्काको अवधि एक वर्ष थप गरेको थियो ।

उनले भने, “यो महिना भित्रमा कुनकुन ठेक्कामा समस्या के हो भनेर बुझिनेछ । त्यसपछि अर्को प्रक्रियामा जान्छ ।”भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।

केही महिना पहिले डिभिजन सडक कार्यालय लहान र हेटौंडाले काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राखेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस