समाचार

कोरोना संक्रमितलाई घरमै अक्सिजन र खाद्यान्न दिइने

covid 19

२६ कात्तिक, झापा । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड–१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्याउने निर्णय गरेको छ ।

नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमाम बसेका बेला कुनै संकट नहोस् भनेर नगरपालिकाले न्यूनतम् १४ दिनका लागि पुग्ने खाद्य सामग्री राहतमा उपलब्ध गराउने समेत निर्णय गरेको हो ।

गरपालिकाले धाइजन स्वास्थ्य चौकी रहेको भवनमा ३० शै्ययाको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय यसअघि गरिसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस