समाचार

रौतहटमा गोली प्रहारबाट एक युवतीको हत्या

gun

२७ कात्तिक, रौतहट । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । स्थानीय माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए । गोली लागेर युवतीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।

विवाहित अमृता कुमारीलाई कसले र किन हत्या गर्यो सो बारे हालसम्म केही खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसित भएको थियो । गत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै रहँदै आएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस