स्वास्थ्य

जाडोयाममा थप बढ्छ पिनासको समस्या, यी ७ घरेलु तरिकाले दिनेछ आराम

sinus

२७ कात्तिक, काठमाडौं । पिनास नाकसम्बन्धी एउटा यस्तो समस्या हो जुन एलर्जी, ब्याक्टेरियल इन्फेक्सन वा चिसोका कारण हुन्छ । चिसो मौसममा पिनासको समस्या थप बढ्ने गर्छ ।

पिनासका कारण शरीरमा खकार जम्न थाल्छ जसका कारण सधैंभरी टाउको दुख्ने र सास फेर्न समस्या महसुस हुन्छ ।

पिनासको समस्या ४ हप्ता वा सोभन्दा बढी समयका लागि रहन सक्छ । राहतको कुरा के हो भने केही घरेलु तरिकाले यो समस्याबाट आराम पाउन सकिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

हाइड्रेट रहनुहोस्ः

तरल पदार्थको कमीका कारण पिनासको समस्या थप बढ्ने गर्छ । यदि तपाईंलाई पिनास छ भने आफूलाई सधैं हाइड्रेट राख्नुहोस् । यसका लागि तपाईं धेरैभन्दा धेरै पानी पिउनुहोस् । चिनी नहालिएको चिया वा जुस पिउनुहोस् । यी तरल पदार्थले खकारलाई बाहिर निकाल्न मद्दत गर्छ । पिनासको समस्या हुनेहरु मद्यपान, क्याफिन र धुम्रपानबाट टाढै बस्नुपर्छ ।

मसलाः

केही पिरो र तिखो मसलामा एन्टी–इन्फ्लेमेटरी र एन्टी ब्याक्टेरियल गुण पाइन्छ जसले खकारलाई बाहिर निकाल्न मद्दत गर्छ । यसबाहेक एप्पल साइडर विनेगर र कागतीको रसमा हर्सर्याडिस मिसाएर खाँदा पनि पिनासको समस्यामा राहत पाइन्छ ।

बाफ लिनुः

पिनासलाई कम गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको बाफ लिनु हो । एउटा भाँडोमा पानी तताउनुहोस् र यसमा पिपरमेन्ट तेल ३ थोपा, रोजमेरी ओयल तीन थोपा र निलगिरीको तेल दुई थोपा हाल्नुहोस् र बाफ लिनुहोस् । यसो गर्दा तपाईंको नाक खोलिनेछ र तपाईंलाई हल्का महसुस हुनेछ ।

बेसार र अदुवाको चियाः

बेसारमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । बेसार र अदुवाको चियाले खकारलाई पातलो गर्ने काम गर्छ र यसले बन्द नाक खोल्न सहयोग गर्छ । पिनासको समस्यामा बेसार र अदुवाको चियालाई सबैभन्दा प्रभावकारी आयुर्वेदिक उपचार मानिन्छ । यसका साथै १ चम्चा महमा अदुवाको ताजा रस मिसाएर दिनमा २ देखि ३ पटक सेवन गर्न सकिन्छ ।

एप्पल साइडर विनेगरः

एप्पल साइडर विनेगरलाई पनि पिनासको प्राकृतिक उपचारको रुपमा लिने गरिन्छ । एक कप तातो पानीमा ३ चम्चा एप्पल साइडर विनेगर राखेर पिउँदा पिनासको दबाब कम हुन्छ । स्वादका लागि यसमा कागती वा मह पनि मिसाउन सकिन्छ । दिनभरी तीन समय एक चम्चा एप्पल साइडर विनेगरको सेवन गर्दा पनि तपाईंलाई फाइदा हुन्छ ।

सुपः

जाडोयाममा सूप पिउनु यत्तिकै पनि निकै फाइदाजनक हुन्छ । थुप्रै अनुसन्धानमा बताइए अनुसार तातो सुपले शरीरमा जमेको खकार निकाल्न मद्दत गर्छ । तपाईं विभिन्न तरकारीका साथै चिकनको सूप पनि बनाउन सक्नुहुन्छ ।

तारेका र मसालेदार भोजनबाट टाढै बस्नुहोस्ः

खानपिनका केही विशेष चिजले पिनासको समस्या बढाउने काम गर्छ जस्तै तारेका, भुटेका र मसालेदार खानेकुरा । पिनासको समस्या भएकाहरुले भिटामिन ए युक्त खानेकुराको बढी सेवन गर्नुपर्छ किनभने यसले पिनासको संक्रमणलाई कम गर्छ । यसका साथै तपाईं आइसक्रिम, चीज र दहीजस्ता खानेकुराबाट पनि टाढै बस्नुपर्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस