समाचार

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

corona hospital butwal

२७ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका–७ का ४७ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा बिहीबार बिहान मृत्यु भएको हो ।

कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएपछि २१ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस