समाचार

पूर्वमन्त्री भिम प्रसाद गौतमको निधन

Bhim Prasad Gautam

२७ कात्तिक, काठमाडौं । पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गौतमको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा बिहीबार बिहान २ः३० बजेतिर निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा राखिएको थियो ।

पूर्व भूमिसुधारमन्त्री, संविधानसभा सदस्य र तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अगुवा गौतमको निधनले सिंगो तनहुँवासीलाई स्तब्ध बनाएको बन्दिपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले बताए ।

गौतमको अन्त्येष्टि देवघाटमा गरिने परिवारिक स्रोतले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस