
२७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता जीवन बहादुर शाहीले नेपाली भूमि अतिक्रमण नगरेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिएका छन् ।
नेता शाहीले एक बिज्ञप्ति जारी गर्दे कुनै भुमि अतिक्रमण नगरेको प्रमाण पेश भएमा जुनसुकै सजाय भोग्न तयार रहेको जनाउदै ग्लोबल टाइम्स पत्रीकाले लगाएका आरोपमा सत्यता नरहेको दाबी गरेका छन् ।
चीनसँगको सीमा विवादका विषयमा बिश्वभरी हल्लाखल्ला हुदा सम्म पनि संघीय सरकार अहिले सम्म मौन रहनु यसमा केही न केही रहस्य लुकेको भन्दै शाहीले सरकारको नियत माथी शंका गरेका छन् ।
प्रतिक्रिया दिनुहोस