समाचार

बालुवाटारमै अत्याधुनिक हेलिप्याड, प्रधानमन्त्री विमानस्थल पुग्नुनपर्ने

baluwatar helipad

२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिकोप्टर निर्माण सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमाफृत दिएको जानकारीअनुसार नागरिक उड्ययन प्राधिकरणको मापदण्ड अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार पनि सोही नवनिर्मित हेलिप्याडबाटै पहिलो उडान गरिएको थियो । साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन्।

हेलिप्याड निर्माणले अब बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने थापाको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस