
२७ कात्तिक, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाजी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस