२७ कात्तिक, टोकियो । फ्युचर ब्रान्डमा प्रकाशित विश्वव्यापी अध्ययनअनुसार जापान विश्वकै प्रभूत्वशाली देश हो ।
जबकी, अमेरिका शीर्ष १० भित्र पनि छैन । कोरोना भाइरस महामारीका दौरान ६ महिनासम्म गरिएको अध्ययनले प्रमुख कार्यकारी, कर्मचारी र अन्य माथिल्लो तहका विश्वभरका २५ सयभन्दा धेरै मानिसहरुको रायलाई समेटेर यो रिपोर्ट सार्वजनिक गरेको हो । यसक्रममा सम्बन्धित देशको गुणस्तर र ख्यातिका विषयमा अनुसन्धान गरिएको थियो ।
सूचीअनुसार जापान पहिलो, स्विचरल्यान्ड दोस्रो, नर्वे तेस्रो, जर्मनी चौथो, क्यानेडा पाँचौ, डेनमार्क छैटौं, फिनल्यान्ड सातौं, स्विडेन आठौं, युुएई नवौं र न्युजिल्यान्ड दशौं छन् । अमेरिका, चीन, बेलायत र रुसजस्ता शक्तिशाली देशहरु शीर्ष १० बाहिर छन् ।
प्रभूत्वशाली शहरमा अमेरिकाको न्युर्योक पहिलो स्थानमा छ । त्यस्तै चीनको बेइजिङ दोस्रो, अमेरिकाकै वासिङटन तेस्रो, बेलायतको लण्डन चौथो, जापानको टोकियो पाँचौ, फ्रान्सको पेरिस छैटौं, रुसको मस्को सातौ, चीनको साङ्घाई आठौं, युुएईको दुुबई नवौ र जर्मनीको बर्लिन दशौं स्थानमा छन् ।