समाचार

गुणस्तरहीन मिठाइ बनाउने स्वस्तिक मिठाई पसल कारबाहीमा, २ लाख जरिवाना

mithai pasal anugaman

२७ कात्तिक, काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेट्टाएको थियो ।

अनुगमनको नेतृत्व गरेका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले ठूलो लगानीमा चलेको मिठाई पसलले खाद्य बस्तु उत्पादनमा प्रयोग गरेका सामान गुणस्तरहीन पाइएको बताए ।

यसैगरी कालीमाटीमा सञ्चालित वीणा ट्रेडिङ कालीमाटीलाई खरिद बिल नभएकोले १० हजार रुपैयाँ जरिवाना गरिएको निरीक्षण अधिकृत खतिवडाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस