स्वास्थ्य

कोरोनाको जोखिम भत्ता नपाएपछि ७ चिकित्सकले दिए राजीनामा

corona hospital butwal

२७ कात्तिक, बुटवल । बुटवलस्थित कोभिड–१९ (कोरोना विशेष) अस्पतालमा कार्यरत ७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । बिगत तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले  बुधवारदेखि सामूहिक राजीनामा दिएका हुन् ।

चिकित्सकको राजीनामापछि सेवा प्रवाहमा समस्या भएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको एक मेडिकल अधिकृतले बताए ।

डाक्टरहरुले राजीनामा दिएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको र मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । तर उनीहरु काममा फर्केका छैनन् ।

मेडिकल अधिकृतले काम छाडेपछि आईसीयूको उपचार सेवा सेवा प्रभावित भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले तिहारलगत्तै जोखिम भत्ता दिने अस्पतालले प्रतिबद्धता जनाएपनि मेडिकल अधिकृत काममा नफर्किँदा सेवा प्रभावित भएको बताए ।

काम छोडेका मेडिकल अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस