
२७ कात्तिक, काठमाडौं । देशभर थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस