
२७ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।
यस्तै, बिहीबार देशभर थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने अहिलेसम्म १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस