
२७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७३४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, बिहीबार नेपालमा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने अहिलेसम्म १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस